झापा ५ मा ओलीको अग्रता कायमै, पछ्याउँदै काँग्रेस

Posted on: 22 Nov, 2022

मङ्सिर ६, झापा | झापा निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी प्रतिस्पर्धामा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता फराकिलो बन्दै गएको छ । नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारको बीचको मतान्तर करिब आधा देखिएको छ ।

एमाले उम्मेदवार ओली १५ हजार ५१० मतसहित अग्रस्थानमा हुनुहुन्छ । काँग्रेसका खगेन्द्र अधिकारीलाई ८ हजार ९५५ मत प्राप्त भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तेस्रो स्थानमा छन् । घण्टी चिन्ह लिएका सुरेशकुमार पोखरेलले दुई हजार ८८३ मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!