दाङ क्षेत्र नं ३ मा कांग्रेसका उम्मेदवार गिरीको अग्रता कायमै

Posted on: 22 Nov, 2022

मङ्सिर ६, दाङ । दाङ  निर्वाचन क्षेत्र नं ३ मा  प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका  उम्मेदवार  नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राख्नुभएको छ । 

आइतबार सम्पन्न निर्वाचनमा उहाँले  दुई हजार चारसय ३६ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गर्नुभएको छ ।  निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उहाँहरुबीच दुई सय ८८ को मतान्तर रहेको छ । अहिलेसम्म छ हजार एक सय ८० मतगणना भएको छ ।

सो क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ३२ मत खसेको  थियो । त्यस्तै प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्ली चौधरीले  तीन हजार मत प्राप्त गर्नुभएको छ गर्नुभएको छ भने एमालेका उम्मेदवार घनश्याम पाण्डेले दुई हजार पाँच सय ६६ मत प्राप्त गर्नुभएको छ ।

छ हजार छ सय ५८ मतगणना हुँदा उहाँहरुबीचको मतान्तर चार सय २३ रहेको छ । दाङ ३ को १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँचसय ७० मत खसेको थियो ।  

दाङ ३ (२) मास्कीको अग्रता 

दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा गठबन्धनअन्तर्गत नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्की(राजेश)ले दुई हजार आठ सय ५२ मत प्राप्त गर्नुभएको छ भने  एमालेका हुकुम बस्नेतले दुई हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ ।  

हालसम्म छ हजार दुई सय ७७ मत गणना  भएको छ ।  उहाँहरुबीचको मतान्तर तीन सय ७० रहेको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार नौ सय ८९ मतदाता रहेकोमा ४९ हजार नौ सय ५० मत खसेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!