डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको विरोधमा प्रदर्शन

Posted on: 31 Oct, 2022

कात्तिक १४, ललितपुर | राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

प्रदर्शनकारीहरूले षड्यन्त्र गरेको‚ युवाको चाहनालाई बन्देज गरेको लगायतका आरोप लगाएका छन्। उनीहरूले प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।


निर्वाचन आयोगले ललितपुर क्षेत्र ३ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी डा. कार्कीको उम्मेदवारी खारेज गरेको थियो। नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भएर लाभको पदमा बसेकाले उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ। डा. कार्की २०७८ पुस २ गते चार वर्षका लागि काउन्सिलको सदस्य निर्वाचित भएको बताएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को (ङ)मा उम्मेदवार बन्नका लागि कुनै पनि लाभको पदमा बस्न नहुने व्यवस्था छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!