भरतपुरमा रेणुको अग्रता कायमै, कसले कति मत ल्याए ?

Posted on: 21 May, 2022

जेठ ७, चितवन | भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । ८० हजार १० मत गणना हुँदा गठबन्धनबाट महानगर मेयरको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले ६ हजार ५ सय ७० मतले अग्रता लिएकी छन् |

 रेणु दाहालले ३१ हजार २ सय ४३ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २४ हजार ६ सय ७३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ४८३ मतले अग्रता लिएका छन् । चित्रसेन अधिकारीले ३३ हजार ६ सय ५३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १९ हजार १ सय ७० मत प्राप्त गरेकी छन् ।

भरतपुरमा हालसम्म वडा नम्बर १६ सम्मको गणना सम्पन्न भइसकेको छ ।भरतपुरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा रहेका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!