भरतपुर मत अपडेट : रेणु विजयभन्दा ५ हजार ८ सय १४ मत अन्तरले अगाडि

Posted on: 21 May, 2022

जेठ ७, चितवन । चितवनको भरतपुर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर पदकी उमेदवार रेणु दाहालले निकटतम प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि छाडेकी छन् । ७६ हजार ५ सय ६६ मतगणना गर्दा माओवादी केन्द्रकी  रेणुले २९ हजार ६ सय ७५ मत पाएकी छन् भने नेकपा एमालेका उमेदवार विजय सुवेदीले २३ हजार ८ सय ६१ मत ल्याएका छन् । रेणु विजयभन्दा ५ हजार ८ सय १४ मत अन्तरले अगाडि छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १० हजार ४ सय २४ मत प्राप्त गरेका छन् । 

यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३२ हजार मत पाउँदा राप्रपाकाका उमेदवार हिमला गुरुङले १८ हजार ४ सय ९४ मत प्राप्त गरेकी छन् । अहिले वडा नम्बर १५ र १६ को मतगणना भइरहेको छ । दुवै वडाका कांग्रेस उमेदवारको अग्रता छ । भरतपुरमा एक लाख २७ हजारभन्दा बढी मत खसेको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!