भरतपुरको मत परिणाम

Posted on: 20 May, 2022

जेठ ६, चितवन | चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।  ५३ हजार ३४६ मत गणना हुँदा उनले मेयरमा ३ हजार ३ सय ७ मतको अन्तर बनाएकी हुन् । 

दाहालले २० हजार २ सय २४ मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १६ हजार ९ सय १७ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेल ७ हजार ८ सय ‍४० मत पाएका छन् । 

 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!