भरतपुर महानगरपालिका ताजा अपडेटः रेनु दाहालको अग्रता कायम, कसले कति पाए मत ?

Posted on: 19 May, 2022

जेठ ५, काठमाडौँ । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२ हजार ७५०  गणना हुँदा अग्रता थप बढाएकी छन् । उनले १६ हजार २३५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १२ हजार ९७७ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ३ हजार २५८ रहेको छ । 


यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६८७ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १८ हजार ७७६  मत पाउँदा राप्रपाकी हिमला गुरुङले १० हजार ४१९ मत पाएकी छन् । अहिले वडा नम्बर ९ को गणना भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!