भरतपुरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै, १ हजार ३४४ मतान्तर

Posted on: 18 May, 2022

जेठ ४, चितवन | भरतपुर महानगरपालिकामा जारी मतगणना सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

 २६ हजार २६ मतगणना हुँदासम्म दाहालले १ हजार ३४४ मतको अग्रता लिएकी छन् ।

रेनुले ९ हजार ३ सय ६३ मत ल्याएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १९ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १ सय ९१ मत पाएका छन् ।

यस्तै उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी ११ हजार १ सय ३६ मतसहित अघि छन् । त्यस्तै एमालेका हिमला गुरुङले ६ हजार ५ सय ३५ मत ल्याएर उनलाई पछ्याउँदै छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!