भरतपुरको मेयरमा एमालेका उम्मेदवार विजयभन्दा रेणु दाहाल १०८ मतले अघि

Posted on: 17 May, 2022

 जेठ ३, चितवन | मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, भरतपुरको अहिलेसम्म मेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन्। उनले ६ हजार २ सय ०७ मत पाएकी छन्।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ६ हजार १ सय १५ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत पाएका छन्।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ५ सय ५८ मत पाएका छन्। विपक्षी गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले पाँच हजार १० मत पाएकी छन्।

अहिले भरतपुर वडा नं. ५ को मतगणना भइरहेको छ। भतरपुरमा एक लाख २७ हजार ५६६ मत खसेका थिए।



यस बिषयमा तपाइको प्रतिक्रिया...!