धनगढी उपमहानगर मत अपडेट : स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै

Posted on: 17 May, 2022

जेठ ३, काठमाडौँ | धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्। 

१४ हजार ७३६ गणना सकिँदा गोपाल हमालले ६ हजार ५ सय ९६ मत प्राप्त गरेका छन्। 

सत्तारुढ गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ३ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६ सय ७४ मत पाएका छन्।

त्यस्तै धनगढीको उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी अघि छन्। उनले २ हजार ९ सय ४० मत ल्याएर आफ्नो अग्रता कायम राखेकी छन्। 

एमालेकी कन्द्रकला रानाले २ हजार ८ सय ४५ मत ल्याएर अघिकारीलाई पछ्याइरहेकी छन्।

मेयरका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६ सय ४७ मत प्राप्त गरेका छन्।

अहिलेसम्मको मतगणनामा मेयरमा २ हजार ९ सय ३२ मत बदर भएको छ भने उपमेयरमा ६ हजार ९ मत बदर भएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!