भरतपुरमा ८०८५ मत गणना गर्दा रेनुलाई कति मत ?

Posted on: 15 May, 2022

जेठ १, काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा एकीकृत माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छिन् ।

८०८५ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार रेनु दाहालले २ हजार ९१८ मत पाएक छिन् ।

एमालेका विजय सुवेदीले २ हजार ९१५ मत ल्याएका छन् । रेनु र विजयबीचको मतान्तर ३ मात्रै छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसमा चित्रसेन अधिकारीले ३ हजार १९६ मत पाएकी छिन् । उपमेयरकै उम्मेदवार राप्रपाकी हिमला गुरुङले २ हजार ३१६ मत पाएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!