भरतपुरमा रेनु दाहाल र विजयबीच १४ मतको अन्तर

Posted on: 15 May, 2022

जेठ १, भरतपुर | भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे अग्रता कायमै छ ।

अहिलेसम्म छ हजार ४ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ३१७ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा १४ मतले पछि हुनुहुन्छ । सुवेदीले २ हजार ३ सय ३ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले ७ सय ६१ मत प्राप्त गर्नुभएकाे छ । 

त्यस्तै  उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २ हजार पाँच सय ५२ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी हिमला गुरुङले १ हजार ८ सय ४९ मत प्राप्त गर्नुभएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!