भरतपुर महानगरमा रेनुको अग्रता कायमै, ८० मतले अगाडि

Posted on: 15 May, 2022

जेठ १, काठमाडौँ । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । हालसम्म रेनुको पक्षमा  १७२७ मत खसेको छ ।  

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६४७ मत ल्याएका छन् । गठबन्धन अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५७९  मत पाएका छन् । त्यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८९५ मत ल्याएर अग्रता बनाइरहेका छन् । 

भरतपुर महानगरपालिकामा राप्रापाकि हिमला गुरुङले १८९५ मत प्राप्त गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!