कैलालीको बर्दगोरिया गाउँपालिमा एमालेकाे अग्रता

Posted on: 14 May, 2022

वैशाख ३१, धनगढी | कैलालीको बर्दगोरिया गाउँपालिमा नेकपा एमालेका  उम्मेदवार कर्ण कुँवरले अग्रता कायम राखेका छन् ।  चार सय मत गणना हुँदा नेकपा एमालेका कर्ण कुवरले १९६ मत पाएका छन् भने ९१ मतसहित नेपाली कांग्रेसका शेर बहादुर कठरियाले उनलाई पच्छ्याइरहेका छन् । बर्द गोरियामा सत्तारुढ गठबन्धनबीच तालमेल गरिएको छ ।

यसैगरी राप्रपाका नवीन जोशीले १३ र नागरिक उन्मुक्ति पार्टीले ३८ मत पाएका छन् । बर्दगोरियाको उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन्  । बर्दगोरिया गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकातर्फबाट उपाध्यक्ष उम्मेदवार गणेशराज गिरीले १५४, नेकपा एमालेकी ईन्दु  कठरिया ११९ र राप्रपाका उम्मेदवार कर्मा सिंहले २३ मत पाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!