केपी ओली ढिलोगरी चितवनमा, ५०० मोटरसाइकलमा स्कर्टिङ गरेर कार्यक्रमस्थल पुर्‍याइँदै

Posted on: 08 May, 2022

वैशाख २५, चितवन | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज चुनावी दौडाहमा छन् । आज बिहान काठमाडौंमा पत्रकार सम्मेलन सकाएर उनी रूपन्देहीमा आयोजित चुनावी सभामा सहभागी हुन पुगे । निर्धारित कार्यक्रमभन्दा निकै ढिलोगरी कार्यक्रममा पुगेका ओली यतिबेला चितवनको सभाका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । 

उनी रूपन्देहीको बुटवलबाट चितवनतर्फ लागेका हुन् । ओलीलाई लिनको लागि चितवनको कालिकाबाट पाँच सय मोटरसाइकलसहित युवाहरूको टोली भरतपुर विमानस्थल प्रस्थान गरेको छ ।  

भरतपुर विमानस्थलबाट स्कर्टिङ गरेर अध्यक्ष ओलीलाई कार्यक्रमस्थल नारायणगढको क्याम्पाचौरसम्म ल्याइनेछ । त्यसका लागि युवा संघका कार्यकर्ताहरू त्यसतर्फ प्रस्थान गरेका छन् । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!