हेलिकप्टर लिएर उम्मेदवारी दर्ता गर्न पुगेका कांग्रेस उम्मेदवार कार्यकर्ताबाट कुटिए

Posted on: 25 Apr, 2022

वैशाख १२, काठमाडौँ | नेपाली कांग्रेसका कार्यकर्ताले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा टिकट लिएर दिक्तेल पुगेका धर्मराज पोखरेललाई कुटपिट गरेका छन् ।

प्रदेश समितिबाट निर्णय गराएर उनी हेलिकप्टरमार्फत दिक्तेल पुगेका थिए । दिक्तेल ओर्लनासाथ कांग्रेस कार्यकर्ताहरुले उनीमाथि कुटपिट गरेका थिए । उनलाई प्रहरीले जोगाएका छन् । 

 पहुँचका भरमा कांग्रेसको मेयरको टिकट लिएको भन्दै उनीमाथि कार्यकर्ताले आक्रोस पोखेको स्थानीय कांग्रेस कार्यकर्ताहरु बताउँछन् । कांग्रेसको चर्को विरोधपछि सो नगरपालिकामा कांग्रेसले टिकट अर्को नेतालाई दिएका छन् । तिर्थ भट्टराईलाई निकट दिएपछि कार्यकर्ता शान्त बनेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!