माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा आकांक्षी कोको छन् ?

Posted on: 11 Dec, 2021

मंसिर २५, काठमाडौं | नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सुरु हुँदैछ। सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनबाट ९ पदाधिकारीसहित २ सय २३ जनाको प्रदेश कमिटी चयन हुनेछ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौँ जना पदाधिकारीसहित २ सय २३ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।

सुदूरपश्चिममा हाल माओवादी केन्द्रका १३ जना केन्द्रीय सदस्य छन्। १७५ जनाको प्रदेश आयोजक समिति छ भने हाल १ हजार १४७ जना प्रतिनिधिहरू पालिका अधिवेशनबाट छनोट भई आएका छन्। माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने बताए।

अछामका शरदसिंह भण्डारी, बैतडीका नरेन्द्र कुँवर, प्रदेशसभा सदस्य समेत रहेका कैलालीका वीरमान चौधरी, प्रदेश समिति सचिव रहेका नेपबहादुर चौधरी, हालका प्रदेश समिति सदस्य तथा राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ (कैलाली) र हरि ज्ञवाली ‘अखण्ड’ (कैलाली) अध्यक्षको दौडमा रहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!