एमाले महाधिवेशनमा १५ विदेशी पाहुना (सूचीसहित)

Posted on: 26 Nov, 2021

मंसिर १०, काठमाडौँ | नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित भएका छन् ।

भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित भएको एमालेले जनाएको छ । एमाले विदेश विभागका अनुसार २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश समेत प्राप्त भएका छन्।

विदेशी पाहुनाहरूले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जानकारी दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरूसँग मङ्सिर १२ गते बिहान चितवनमा संयुक्त ‘ब्रेकफास्ट मिटिङ’ गर्ने कार्यसूची समेत रहेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!