एमाले महाधिवेशन : साढे तीन लाखमा तयार गरियो गैंडाको मस्कट

Posted on: 24 Nov, 2021

मंसिर ८, चितवन |  १०–१२ मंसिरमा चितवनमा तय भएको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनका लागि छानिएको गैँडाको मस्कट बनाउन साढे तीन लाख खर्च भएको छ ।

एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ। एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको हो । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ।

दश दिन लगाएर निर्माण गरिएको गैँडाको मस्कट सूर्य मध्यरातसहित १० जनाको टिमले बनाएको हो । चितवन एकसिंहे गैँडाका लागि पनि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ। महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!