भदौ ३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । आयोगहरु र प्रवास कमिटीको एकता प्रक्रिया टुंगो लगाउन सचिवालय बैठक बोलाइएको थियो । नेताहरु पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
तर गृहकार्य नपुगेकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!