माँझफाट र लेखफाँटमा गरी एक सय भन्दा बढि एमालेमा प्रवेश

Posted on: 03 Dec, 2017

उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शनिवार दुवै स्थानमा आयोजित चुनाव विशेष कार्यक्रममा उनिहरु एमालेमा प्रवेश गरेका हुन् । लामो समयसम्म काँग्रेस लगायत लोकतान्त्रिक गठवन्धनमा आवद्ध भएपनि आफुहरुलाई कहिल्यैपनि पार्टीले नहेरेको भन्दै उनिहरु एमालेमा प्रवेश गरेकमा थिए ।

माझफाँटस्थित दलित बस्तीमा भएको कार्यक्रममा ८० जना भन्दा बढि र लेखफाँटमा भएको कार्यक्रममा झण्ढै ३० जना एमालेमा प्रवेश गरेको युवा संघका अर्जुन पौडेल निर्जनले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य भुपेन्द्र थापा, गोबिन्द नेपाली, जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर बिश्वकर्मा पौडेल, दलित अधिकारकर्मी प्रेमबहादुर विक, अर्जुन विक लगायतले बोलेका थिए । कार्यक्रमको संचालन बिजय नेपालीले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!