बाम उम्मेदवारलाई जिताएर जिल्लाको मुहार फेरौं

Posted on: 20 Nov, 2017

पर्वत ।नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले बाम गठवन्धनका उम्मेदवारलाई आगामी निर्वाचनमा बिजयी गराएर जिल्लाको मुहार फेर्न आग्रह गर्नुभएको छ । 

विगतमा झण्डै दुई दशकसम्म सांसद हुँदापनि जिल्लाको विकास निर्माणमा माखो समेत मार्न नसक्नेलाई बिजयी गराएर कुनैपनि अर्थ नहुँने बताउँदै यसपटक बाम उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभयो । स्थानिय तहको परिणाम अनुसार बाम गठवन्धनले भारी मतान्तरले बिजयी भैसकेको बताउँदै फेरीपनि कुनै प्रलोभन र धाक धम्कीको भरमा आफ्नो मत खेर नहाल्न आग्रह गर्नुभयो । उहाँले क्षेत्र नं. २ मा चार वटै मत सुर्य चिन्हमा राखेर आफुहरुलाई बिजयी गराउन अपिल गर्नुभएको हो । आफु सँधैभरी जिल्लाको विकास र पर्वतवासी नागरिकको समृद्धिको पक्षमा रहेको बताउँदै गिरीले जिल्ला, स्थानिय तह र आफ्नो टोलको विकासका लागि पनि अब बामपन्थी उम्मेदवारलाईनै बिजयी गराउनुको विकल्प पर्वतवासी नागरिकमा नरहेको बताउनुभयो । 

सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवार विकास लम्सालले आफुले अघिल्लो निर्वाचनमा पनि क्षेत्र नं. २ का वासीन्दाहरुको अतुलनिय मत र माया पाएको बताउँदै आफुले बाचा गरेका सवै कार्यक्रमहरुलाई पुर्णता दिन पनि यसपटक आफुलाई बिजयी गराउन अपिल गर्नुभयो । उहाँले आफ विगतमा सांसद हुँदा पनि क्षेत्र नं. २ मा विकासले तीब्र गति लिएको बताउँदै आगामी दिनमा पनि जनताहरुसँग निकट रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, प्रदेश कमिटि सदस्य मोती पौडेलले पनि मुलुकमै अबको ५० वर्षसम्म बामपन्थीको सरकार रहने बताउँदै आफ्नो गाउँको समृद्धि र आम नागरिकको आर्थिक सामाजिक विकासका लागि बाम पन्थी उम्मेदरवारलाई बिजयी बनाउन आग्रह गर्नुभयो । 

उहाँहरुले काम गर्न सक्ने, जिल्लाको परिवेश बुझेका र नागरिकको हरेक सुृख दुखमा साथ दिने प्रतिनिधिसभाका सदस्य पदम गिरी र प्रदेश सभा सदस्यका उम्मेदवार विकास लम्साललाई सुर्य चिन्हमा भोट हालेर बिजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा समानुपातीक उम्मेदवार जुना देवी नेपाली, रुक्मागत न्यौपाने, माओवादी नेता गगन थापा लगायतले बोल्नुभएको थियो । एमाले टकलाकका अध्यक्ष रविलाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत राजु न्यौपाने र संचालन जिवन विक्रम उच्चैले गर्नुभएको थियो । 

सो अवसरमा नेपाली काँग्रेस परित्याग गरी इश्वरी न्यौपाने, पवित्रा न्यौपाने लगायत ६ जना एमालेमा प्रवेश गरेका थिए । 

भुकताङ्लेमा बाम गठवन्धनका चार कोणसभा 

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेको बाम गठवन्धन पर्वतले जिल्लाको मोदी गाउँपालिका १ भुकताङ्लेमा चुनावी सभा सम्पन्न गरेको छ । 

साविक भुकताङ्ले गाविसमा एकैदिन चार वटा कोण सभा गरेको हो । स्थानिय लप्सीबोट,  झिलिवराङ,  ताङले र मोहोरियामा कोण सभा सम्पन्न भएको एमाले पर्वतका उपसचिब गोविन्द पहाडिले     जानकारी दिनुभयो । 

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार नेत्र अधिकारीले पर्वतमा बाम गठवन्धनसँग कसैको प्रतिस्पर्धा नरहेको बताउनुभयो । उहाँले विकास निर्माण र आम पर्वतवासी नागरिकहरुको भावना बुझ्न सक्ने बाम उम्मेदवारलाई बिजयी गराउन आग्रह गनुृभयो । 

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङ्गले मुलुकमा स्थायि सरकार निर्माण र अग्रगामी विकासका लागि बाम गठवन्धनको विकल्प नरहेको बताउनुभयो । उहाँले यसपटक बाम गठवन्धनको दुई तिहाई सहित सरकार बनेमा नेपाली जनता कहिल्यैपनि दुःख कष्टमा बस्नु नपर्ने बताउँदै बाम एकताबाट मात्रै मुलुकको समृद्धि हुने देखेर दुई शिर्ष दल एमाले र माओवादी एकजुट भएको बताउनुभयो । 

कार्यक्रममा अर्का समानुपातिक उम्मेदवार मनरुपा शर्मा, माओवादीका केन्द्रिय सदस्य गुप्त हमाले पर्वतका उपसचिब गोविन्द पहाडि लगायतले बोल्नुभएको थियो । चार वटै स्थानमा भएका कोणसभामा स्थानियवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!