नवलपरासीमा नेपाली कांग्रेसले क्षेत्रिय चुनाव प्रसार समिति गठन गर्यो

Posted on: 05 Nov, 2017

कात्तिक १९, नवलपरासी । नेपाली कांग्रेस नवलपरासीले पार्टीका महासमिति सदस्य भिम बहादुर थापा क्षेत्रीको संयोजकत्वमा क्षेत्रिय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । 

जिल्लाको बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल र सोही क्षेत्रको प्रदेश नम्बर १ मा प्रदेश सभामा कांग्रेसका उम्मेदवार गुणनिधि तिवारीलाई जिताउनका लागि पार्टीले आज यस क्षत्रिय समिति गठन गरेको हो ।

चुनाव प्रचारप्रसार समितिका कार्यालय सुनवल नगरपालिकामा रहने गरि पार्टीका महासमिति सदस्य भरत थापालाई संयोजक तोकेको छ भने सो क्षेत्रमा पर्ने साविकका गाविस र नगरपालिकाका ईकाई सभापतिहरुलाई सह–संयोजक तोकेको छ ।

त्यस्तै पार्टीका जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षत्रिय कार्यसमिति सदस्य, तरुणदल का जिल्ला सदस्य एवं क्षेत्रिय कार्यसमितिका पदधिकारी एवं सदस्य र साविक गाउ नगर ईकाई समितिका वाड संयोजकहरु चुनाव प्रसार प्रसार समितिका सदस्य रहने गरि समिति गठन गरिएको नेपाल तरुण दलका जिल्ला सदस्य यज्ञ प्रसाद पौडेलले जानकारी दिए । 

पौडेलले भने नेपाली कांग्रेसका लोकप्रिय एजेण्डाले यस क्षेत्रका बासीहरुको मन जिती बिजयी हुने आँकलन गरिएको छ । पार्टीका उम्मेदवारहरुलाई जिताउन पार्टीका सबै क्रियाशिल सदस्यहरु लागी परेको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!