एमाले बझाङले प्रदेश सभाका उम्मेदवार लागि निर्वाचन गर्यो (मत परिणामसहित)

Posted on: 04 Oct, 2017

सम्राट सिंह/असोज १८, बझाङ । नेकपा एमाले बझाङको क्षेत्र नम्बर १ मा प्रदेश सभा उम्मेदवारका लागि निर्वाचन भएको छ । 

प्रदेश सभाका उम्मेदवार सिफारिसमा सहमती हुन नसकेपछि आज निर्वाचन गरिएको हो । निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले ४७ मत ल्याएर पहिलो,नेता अर्जुन थापाले २४ मत ल्याएर दोस्रो र नेता कलक धामीले २२ मत ल्याएर तेस्रो र व्यवस्थापिका सांसद अफिलाल ओखेडाले १७ मत प्राप्त गरी चौँथो स्थानमा रहेका छन ।

एक महिला र दुई पुरुष गरी ३ जनाको नाम प्रदेशमा मा सिफारिस गर्नुपर्ने भएपनि महिला उम्मेदवारले उम्मेदवारी नदिएपछि क्रमश मतान्तरको आधारमा २ जना पुरुषको नाम मात्र प्रदेशमा पठाउने जनाएको छ । 

मतदानमा नेकपा एमालेका क्षेत्रीय संगठन समितिका ८४ जना सदस्यहरु मध्य ५५ जना सदस्यले मात्र मतदान गरेका थिए । एक मतदाताले २ जनालाई १÷१ वटा मतदान गर्न पाउने प्रावधान रहेको थियो । 

क्षेत्र नम्बर २ मा भने नेकपा एमालेले सहमतीका आधारमा नेता बिरेन्द्र भण्डारी,नेता दिल बहादुर भण्डारी र प्रकाश रोकाया गरी ३ जना नेताको नाम प्रदेशमा सिफारिस गर्ने निर्णय भएको नेकपा एमालेले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!