सिंहदरवारको अधिकार हैन भ्रष्टाचार गाउँमा आयो: शितल

Posted on: 29 Aug, 2017


भदौ १३, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बल बहादुर वली शितलले सिंहदरवारको अधिकार गाउँमा नपुगेर सिंहदरवारको भ्रष्टाचार गाउँमा पुगेको बताएका छन । 

सिंहदरवारको अत्याचारले स्थानिय स्तरमा जनतालाई दमन गर्नेगरि गाउँ पुगेकाले जनता सचेत बन्नुपर्ने उनले बताएका हुन । पार्टीको विचारधारात्मक राजनीतिक तथा प्रशिक्षणलाई सम्बोधनका लागि सल्यान आएका नेता शितलले अहिले गाउमा कर बढाएर चुनाव जितेकाहरूले चुनावि खर्च उठाईरहेको आरोप लगाएका छन । 

सिंहदरवारले गाउका गरिव किसानलाई झनै दुःख दिएको भन्दै उनले यतिबेला देशमा दलालिकरणले तिव्रता पाएको बताएका छन । स्थानिय तहको चुनावलाई कथितको संज्ञा दिदै उनले चुनावसंगै दलालिकरण बढेको बताएका हुन । 

अहिलेको सरकार पनि दलाल सरकार भएको भन्दै उनले प्रचण्ड र देउवा नाममा छुट्टाछुट्टै पार्टीका नेता भएपनि काग्रेश र माकेमा विचारमा कुनै फरक नभएको बताएका छन । 


जनता, कार्यकर्ता र देशलाई भन्दा पहिला सत्तावाला नेताहरूले छोराबुहारी, छोरीज्वाइँ, भान्जाभान्जीलाई केन्द्रमा राखेर काम गरिरहेका र तिनलाई जिताउन पार्टीको विचार कार्यदिशा सबै त्यागेको नेता शितलले बताएका छन । 

देशमा नागरिकको सुरक्षा नपाएकाले क्रान्तिप्रति ध्रुविकरण बढेको भन्दै उनले सरकारले दमनको रवैया देखिएकाले क्रान्तिको जन्म भएको बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला ईन्चार्ज डिल्लीराज शर्मा विश्वले जनता प्रति पार्टीको विश्वास बढेकोले जनतामा जान कार्यकर्तालाई निर्देशन दिएका थिए । 

हिजो क्रान्तिकारी भनिनेहरू अहिले प्रतिक्रियावादी शक्तिमा पुगेको र केहिछिनको सत्ता मोहका लागि लाखौ खर्च गरेर लागेको बताएका छन । कार्यक्रमलाई युवा संगठनका नेता तिलक पुन, विद्यार्थी नेता नरेन्द्र विकले सम्बोधन गरेका थिए । 

जिल्ला सेक्रेटेरी लोकपाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भद्र डि.सी. टाईगरले गरेका थिए । कार्यक्रममा सहभागिलाई गणेशमान सिंहले स्वागत गरेका थिए भने सामना परिवारकी देवी बस्नेतले विभिन्न जनवादी गीत प्रस्तुत गरेकि थिईन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!