कपिलवस्तुको विजयनगरमा एमाले र यशोधारामा कांग्रेस विजयी

Posted on: 02 Jul, 2017

असार १८, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमाले को प्यानल विजय भएको छ । 

जिल्ला सुदुरपश्चिम क्षेत्रको गाउँपालिकामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार गोपाल थापाले प्रतिद्धन्द्धि भन्दा २२८ मतले विजय हासिल गरेका छन । विजयनगर गाउपालिकामा एमालेको ३ हजार ५सय १२ मत रहेको छ भन निकटतम प्रतिद्धन्द्धि स्वतन्त्र उम्मेदवार जानकि प्रसाद यादवको ३ हजार २ सय ८४ मत रहेको थियो ।

यशोधरा गाउपालिकामा नेपाली कांग्रेसका उम्मेददवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा कांग्रेसका उम्मेदवार गिरिजेश कुमार पाण्डेयले ३ हजार २ सय ७५ मत प्राप्त गरी विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले ३ हजार १ सय ५५ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी कन्यावती उपाध्यायले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भइन । उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी राजमति यादवले १ हजार ७ सय ९ मत प्राप्त गरिन


यस बिषयमा तपाइको प्रतिक्रिया...!