एमालेको गढ भत्काएर कपिलवस्तुमा महिला वडा अध्यक्षमा बिजयी

Posted on: 01 Jul, 2017

दिपक अनुरागी/असार १७, कपिलबस्तु । एमालेको गढ भनेर चिनिएको वाणगंगा नगरपालिका १ मा नेपाली कांग्रेसकी महिला उम्मेद्वारले चुनाव जिते पछि कपिलवस्तुमा राजनितिक तरङ मच्चिएको छ । 

कांग्रेसकै कतिपय जिल्ला स्तरका नेताले समेत नपत्याएको ठाउमा महिला उम्मेद्वारले चुनाव जिते पछि राजनितिक तरङ फैलिएको हो ।

एमालेका वडा अध्यक्षका उम्मेद्वार शंकर पाण्डेलाई ६३ मतले पराजीत गर्दै कांग्रेसकी बालकुमारी अधिकारीले चुनाव जित्नुभएको छ । एमालेका जिल्ला स्तरका नेता समेत रहनुभएका पाण्डेले १ हजार १ सय २७ मत मात्र पाउनुभएको छ ।

कांग्रेसकी स्थानीय नेता रहनुभएकि अधिकारीलाई यस क्षेत्रमा कमै मात्रले चिन्थे । कांग्रेसले अधिकारीलाई वडा अध्यक्षमा सिफारिस पनि धेरै जनाले अधिकारीलाई चिनेका थिएनन ।

साथै यस वडामा कांग्रेसले चुनाव जित्छ भन्नेमा कांग्रेसका जिल्ला तहका नेता नै ढुक्क थिएनन् । वाणगंगाका ११ वटा वडा मध्ये १० वडामा वडा अध्यक्षको लागि कांग्रेस भित्र तिव्र प्रतिस्पर्धा भएपनि वडा नम्बर १ मा कसैले दावी गरेका थिएनन ।

पछि कांग्रेसबाट वडा नम्बर १ को अध्यक्षमा उठ्ने कोहि नेता नभए पछि कांग्रेसले आफ्नो साधारण सदस्य बाल कुमारी अधिकारीलाई वडा अध्यक्षको उम्मेद्वार बनाएको थियो ।

यता पहिले देखि एमालेको गढ मानेर चिनिएको यस वडामा एमालेले यस क्षेत्रका लोकप्रिय नेता शंकर पाण्डेलाई अध्यक्षको उम्मेद्वार बनाएको थियो । 

यद्यपि पाण्डे यस्ता नेता थिए जस्लाई कांग्रेसका धेरै नेताले मन पराउन्छन् । पाण्डेलाई चुनाव जिताउनकै लागि कांग्रेसले वडा नम्बर १ मा सामान्य नेतालाई उठाएको भन्ने आरोप नलागेको पनि होइन् तर राजनितिमा जे पनि हुन्छ सक्छ भन्ने सोचाईलाई अधिकारीले सत्य प्रमाणित गरिदिनुभएको छ ।

सिंगो जिल्लालाई चकित पार्दै नसोचेको परिणाम निकाले पछि नेपाली कांग्रेसले भव्य विजय ¥याली निकालेको छ । कपिलवस्तुमा सार्वजनिक भएको स्थानीय तहको परिणाममा महिला उम्मेद्वारले जितेको यो पहिलो हो । ¥याली पछि संञ्चारकर्मी समक्ष संक्षिप्त कुराकानी गर्दै अधिकारीले वडाको विकासमा वडाबासीहरुको राय सुझावको आधारमा आफु अगाडी बढ्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!