कपिलवस्तुमा कांग्रेसको अग्रता कायमै

Posted on: 01 Jul, 2017

दिपक अनुरागी/असार १७, कपिलवस्तु । बिहिबार देखि कपिलवस्तुमा जारी मतपरिणाम नगर र गाउपालिकाको अझै सार्वजनिक हुन सकेको छैन् । कतिपय वडाका मतपरिणाम सार्वजनिक भएपनि धेरै जसोको अझै सार्वजनिक हुन नसकेको हो ।

 १० स्थानीय तह रहेको कपिलवस्तुको प्रारम्भिक मत परिणाम अन्र्तरगत मुख्यतया कांग्रेस, एमाले र स्वतन्त्र उम्मेद्वार विचमै कडा प्रतिस्पर्धा रहने देखिएको छ । 

प्राप्त विवरण अनुसार वाणगंगा नगरपालिकामा कांग्रेस, माओबादी गठबन्धनका मेयर मंगल प्रसाद थारुले ३ हजार ८ सय ४ मत प्राप्त गर्नुभएको छ । उपमेयरका माओवादी केन्द्रका टोपनारायण वेल्वासेले २ हजार ५ सय १८ मत ल्याउनुभएको छ ।

 एमाले मेयरकी उम्मेदवार विमला घिमिरेले २ हजार ६ सय ३६ मत ल्याउनुभएको छ । उपमेयरका उम्मेदवार चक्र अर्यालले २ हजार ७ सय ७० मत ल्याउनुभएको छ ।  

 शिवराज नगरपालिका तर्फ एमालेका मेयर अगाडी देखिनुभएको छ । उहाले हाल सम्म ३ हजार ५ सय ९६ मत पाउनुभएको छ । उपप्रमुखमा शिवकुमारी थारुले ३ हजार ६ सय ४१ मत ल्याउनुभएको छ । त्यस्तै राप्रपाका मेयर अजय थापा १ हजार ५ सय ८४ मतको साथ दोस्रो स्थानमा रहनुभएको छ । राप्रपाकी उपप्रमुख सविता चौधरीले १ हजार १ सय ७६ मत ल्याउनुभएको छ । त्यस्तै संघिय समाजवादी फोरमका मेयर कृष्ण चौधरीको १ हजार ४ सय ६२ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा फोरमले ८ सय ८५ मत ल्याएको छ ।

 कपिलवस्तु नगरपालिकामा नेपाली कांग्रेसका प्रमुख किरण सिंहले २ हजार ३ सय १३ मत ल्याउनुभएको छ । उपप्रमुखका लक्ष्मी कशौधनले २ हजार २ सय ३४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । राजपाका स्वतन्त्र मेयर पदका उम्मेदवार रामदास गुप्ताले २ हजार २ सय ८४ मत प्राप्त गर्नुभएको छ । राजपाका स्वतन्त्र बासुदेव कशौधनले १ हजार ९ सय २६ मत ल्याउनुभएको छ ।

 बुद्धभुमिमा नेपाली कांग्रेसका मेयर केशव कुमार श्रेष्ठले ३ हजार ५ सय ९५ मत पाउनुभएको छ । उपमेयरमा मिरा थारुले २ हजार ८ सय ४० मत प्राप्त गर्नुभएको छ ।

 एमालेका मेयर रुपेश कुमार श्रेष्ठले ३ हजार ५ सय ३८ मत प्राप्त गर्नुभयो । उपमेयरमा मञ्जु थारुले २ हजार ६ सय ९७ मत ल्याउनुभएको छ ।

 महाराजगञ्ज नगरपालिकामा स्वतन्त्रका उम्मेद्वार दिर्घनारायण पाण्डेले २ हजार  ३ सय २९ ल्याई अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका मेयरका अब्दुल कलामले २ सय ३ मत ३० मत ल्याउनुभएको छ ।

 कृष्णनगर नगरपालिकामा स्वतन्त्र मेयर रजत प्रताप शाहले १ हजार ७ सय ४१ मत ल्याउनुभएको छ । राप्रपाका मेयर श्याम कुमार मिश्रले १ हजार ४ सय ५० मत ल्याउनुभएको छ । उपमेयरमा सरीता मौर्याले ६ सय ५२ मत ल्याउनुभएको छ ।

 माओबादी केन्द्रका मेयर शिवप्रसाद कलवारले ९ सय ५१ मत ल्याउनुभएको छ । उपमेयरमा सवनम खातुनले ८ सय २४ मत ल्याउनुभएको छ ।

 यशोधरा गाउपालिकामा नेपाली कांग्रेसका प्रमुख गिरीजेश कुमार पाण्डेले २ हजार २ सय ६१ ल्याउनुभएको छ । नेपाली कांग्रेसका उपप्रमुखले १ हजार ८ सय ४४ मत ल्याउनुभएको छ । स्वतन्त्रका मेयरले रामदेव कलवार १ हजार ७ सय ७९ मत ल्याउनुभएको छ । संघिय समाजबादी फोरमका उम्मेद्वारले १ हजार ४ सय ५८ मत ल्याउनुभएको छ ।  माओवादी केन्द्रका प्रमुख शिव दयाल त्रिपाठीले १ हजार १ सय ६३ मत ल्याउनुभएको छ ।

 शुद्धोधन गाउपालिकामा एमालेका प्रमुख अब्दुल मोजिव खाँले ९ सय ६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका प्रमुख विश्वम्भर कुर्मिले ९ सय १७ मत ल्याउनुभएको छ । संघिय समाजबादी फोरमका प्रमुख उम्मेद्वारले ७ सय १८ मत ल्याउनुभएको छ ।

 त्यसैगरि उपप्रमुखमा रुख चिह्नले १ हजार १ सय ५६ ल्याएको छ । भने सुर्यले ७ सय ९७ र हातमा समातेको मसालले ८ सय ७२ मत ल्याएको  छ ।

 मायादेवी गाउँपालिकाको प्रमुखमा संघिय समाजबादी फोरमका जगन्नाथ कुर्मीले २ हजार ५ सय ६७ मत ल्याउनुभएको छ । उपप्रमुखमा फोरमका उम्मेद्वारले २ हजार १ सय ६१ मत ल्याउनुभएको छ ।

 नेपाली कांग्रेसका प्रमुख बली उद्धिन मुसलमानले १ हजार ९ सय ५३ मत ल्याउनुभएको छ । उपप्रमुखमा कांग्रेसकै उम्मेद्वारले १ हजार ४ सय १८ मत ल्याउनुभएको छ ।

 विजयनगर गाउपालिकाको प्रमुखमा एमालेका गोपाल थापाले २ हजार ६ सय ३२ मत ल्याई अगाडी रहनुभएको छ । स्वतन्त्र प्रमुखका उम्मेद्वार जानकी प्रसाद यादवले २ हजार १ सय २९ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी उम्मेद्वारले १ हजार ३ सय ९० मत ल्याउनुभएको छ । स्वतन्त्रकी उपप्रमुख असुनी कुमार शाहिले १ हजार ३ सय ५६ मत ल्याउनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!