कपिलवस्तुमा मतगणना सुरु

Posted on: 29 Jun, 2017


दिपक अनुरागी/असार १५, कपिलवस्तु । १० स्थानीय तह रहेको कपिवलवस्तुमा बिहान १० बजे देखि मतगणना शुरु भएको छ । 

५ नगरपालिका र ३ गाउपालिकामा मतगणना शुरु भएपनि एक नगरपालिका र एक गाउपालिकामा मतगणना अझै शुरु हुन सकेको छैन् । दलिय सहमती चलिरहेको कारण मतगणना हुन नसकेका कपिलवस्तु नगरपालिका र मायादेवी गाउपालिकामा अब केहि छिन पछि मतणना शुरु हुने निर्वाचन कार्यलय कपिलवस्तुका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिनुभएको छ ।

 बुधबार भएको निर्वाचनमा जिल्लामा ७८ दशमलव ९५ प्रतिशत मत खसेको कार्यलयले जनाएको छ । भर्खरैबाट मतगणना शुरु भएको कारण नतिजा कुनै पनि तहको आउन सकेको छैन् । मतगणना भएको तीन चार घण्टा पछि मात्र नतिजा सार्वजनिक गराउने निर्वाचन कार्यलयले जनाएको छ ।

 जिल्लाका १० स्थानीय तहका २ सय ३३ मतदान स्थलका ३ सय ८७ केन्द्रबाट मतदाताले मतदान गरेका थिए । कुल ५ सय २६ जन प्रतिनिधी चयनका लागी बुधबार भएको स्थानीय तहको निर्वाचनमा ३ हजार बढी उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!