प्युठानमा निर्बाचन शान्तिपुर्ण, ७० प्रतिशत बढी मत खस्यो

Posted on: 28 Jun, 2017


सलिम अन्सारी/असार १४, प्युठान । बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७०.७६ प्रतिशत मत खसेको छ । 

नौ तहको २ सय ८६ मतदान केन्द्रमा भएको निर्वाचनमा करिब ७०.७६ प्रतिशत मत खसेको प्युठानका मुख्य निर्बाचन अधिकृत बांसुदेव न्यौपानेले जानकारी दिए । जिल्लाका दुई नगरपालिका, सात गाउँपालिकामा १ लाख २७ हजार ४४७ मतदाता छन् । उनीहरुको मतबाट ३ सय ६८ जनप्रतिनिधि चयन हुनेछन् ।


जिल्लाका १ सय ८६ मतदान स्थल अन्तर्गत ६४ वटा मतदान केन्द्र तोकिएको थियो । सबै मतदान केन्द्रहरुमा मतदाताहरुले निर्वाधरुपमा मतदाताहरुले भोट हालेका छन् ।

प्युठानमा शान्तिपुर्ण तवरले निर्बाचन सकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारि दिए । दुर्गम ठाउमा रहेका मतदान केन्द्रबाट राती १ बजे सम्म मतपेटिका सम्बन्धिक निर्बाचन कार्यालयमा ल्याइ सकिने उनले जानकारी दिए ।

मतपत्रका बाकसहरु आ-आफ्ना पालिकामा पुर्‍याउने काम भैरहेको र भोलिदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ । राजनीतिक दलहरुको सर्बदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार जिल्लामा ९० हजार २ सय मत खसेको छ । सरुमारानी गाउपालिकामा जिल्ला मै सबैभन्दा बढी मत खसेको कार्यालय श्रोतले जानकारी दियो । ७६ दशमलव ४९ प्रतिशत मत खसेको हो । यहाँ १० हजार ५ सय १९ कुल मतदाता रहेकोमा ८ हजार ४६ मत खसेको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!