कपिलवस्तुमा ७५ प्रतिशत मत खस्यो

Posted on: 28 Jun, 2017


दिपक अनुरागी/असार १४, कपिलवस्तु । दोस्रो चरणको स्थानीय तह निर्वाचन कपिलवस्तुमा ७५ प्रतिशत मत खसेको छ । विहान ७ बजे देखि सुचारु भएको मतदान प्रकियामा साझ ५ बजे सम्म ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिनुभएको छ । 

जिल्लाका १० स्थानीय तहका २ सय ३३ मतदान स्थलका ३ सय ८७ केन्द्र रहेका थिए । सबै मतदान केन्द्रमा कपिलवस्तुका नागरिकले मतदान गरेका छन् । लामो समयपछि मतदान गर्न पाएपछि मतदाता निकै उत्साहित देखिएका थिए । मतदान केन्द्रमा मतदाताहरु विहानै देखि लाइनमा बसेका थिए । विहान पानी पर्ने संकेत देखिए पनि जिल्लामा आज मौसमले पनि साथ दिएको छ । 

यसैगरि जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सकिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जानकारी दिनुभयो । राजपा नेपाल र नेकपाको आधार इलाका बोलियो मानिएको कपिलवस्तुमा शान्तिपुर्ण मतदान भएको हो । राजपाका नेताहरुले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको कारण पनि जिल्लामा निर्वाचन शान्तिपुर्ण रुपमा भएको प्रहरीले जनाएको छ । 


विशेषगरी जिल्लाको कपिलवस्तु, महाराजगञ्ज, कृष्णनगरनगरपालिका र यशोधरा र मायादेवी गाउपालिकामा राजपाको राम्रै पकेट क्ष्ाँत्र मानिएको थियो तर यि स्थानीय तहमा मतदाताले निर्वाचनमा उत्साह रुपमा भाग लिएका छन् ।

यसैगरि नेपाल कम्युनिष्ट पार्टिको आधार इलाका मानिएको शिवराज नगरपालिकाको वडा नम्बर ९ शिवगढीमा पनि शान्तिपुर्वक मतदान भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रह्लाद सुवेदीले जानकारी दिनुभयो । साविक शिवगढी गाविसमा पर्ने यस क्षेत्रमा नेकपाको आधार इलाका मानिन्छ । नेत्र विक्रम चन्द्र (विप्लव)को घरपनि यहि क्षेत्रमा छ । 

कुल ५ सय २६ जन प्रतिनिधी चयनका लागी बुधबार भैरहेको स्थानीय तहको निर्वाचनमा ३ हजार १ सय ३६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । भने कुल २ लाख ८६ हजार ५ सय ४८ मतदाता रहेका थिए ।

यता जिल्लामा १ सय १० बर्षिय एक जना बृद्धाले मतदान गर्नुभएको छ । जिल्लाको वाणगंगा नगरपालिका ११ हथौसा घरबुदिया निवासी पुर्णकला ज्ञवालीले मतदान गर्नुभएको हो । उहालाई मतदान स्थलका कर्मचारीले उचालेर मतदान केन्द्रमा पु¥याएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!