प्यूठानमा माओवादी कार्यकर्ताद्धारा एमाले उम्मेद्वारको गाडि तोडफोड

Posted on: 27 Jun, 2017


असार १३, प्यूठान । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्यूठानका एक व्यवसायीको टोयटा हाईलेक्स पिकअप गाडिमा गएरति तोडफोड गरेका छन् । 

नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिकाका मेयरका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न ‘पास’ बनाएको बा ९ च ६५१४ नं.को गाडिमा तोडफोड भएको एमालले जनाएको छ ।

गाडि मालिक बालाजु श्रेष्ठले आफ्नै घरमा रोकि राखेको गाडिमा नारावासी सहित आएका माओवादी कार्यकर्ताले तोडफोड गरेको जनाएका छन् । 

सोमवार साँझ प्यूठान नगरपालिका वडा नं. ४ मा खमल्दि बस्तीमा स्थानीयलाई भेला गरी मत प्रभावित पार्ने गतिविधि गरे लगत्तै विजुवार मित्रमणि चोकमा माओवादी कार्यकर्ताहरुले प्रदर्शन समेत गरेको एमालेको आरोप छ । ‘माओवादीका केन्द्रिय कार्यालय सदस्य मणि थापा सहितको टोलीले हुलदङ्गा ग¥यो ।’

एमाले प्यूठानका नगरपालिका निर्वाचन परिचालन कमिटिका संयोजक विजयविराज विष्टले भने, ‘सुनुयोजित रुपमा एमाले कार्यकर्ता माथि आक्रमणको प्रयास गर्दा समेत स्थानीय प्रहरी मुखदर्शक थियो ।’

मौन अवधिको समयमा प्रचार कार्य गरेर आचार संहिता उल्लंघन गरेको आरोप एमालेको छ । माओवादी केन्द्र खमल्दिका कार्यकर्तालाई एमालेले पैसा बाँडेको भन्ने आरोप बारे बुझ्न सो ठाँऊ पुग्दा माओवादी केन्द्रले सभा गरेको एमाले कार्यकर्ता नविन श्रेष्ठले बताए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!