सरुमारानीको सम्बृद्धिमा एमालेको प्रतिबद्धता, कृषि पर्यटन र स्वरोजगारमा प्राथमिकता

Posted on: 19 Jun, 2017

सलिम अन्सारी/असार ५, प्युठान । सरुमारानी गाउंपालिकाको बिकास र सम्बृद्धिक लागि भन्दै एमाले नेताहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

सरुमारानीलाई समृद्ध पालिकाका रुपमा विकास गर्न योजनाबद्ध रुपमा बिकासे  कामहरु अगाडि बढाउने संकल्प सहित प्रतिबद्धता सार्बजनिक गरे । कृषि, पर्यटन र स्वरोजगार कार्यक्रममा प्राथमिकता दिंदै नेताहरुले समृद्ध सररुमारानीको संकल्पका साथ आफुहरु अभियानमा खटिएको बताए ।

चुनाब जितेपछिका ५ बर्षमा एमालेले सरुमारानीलाइ देशकै नमुना गाउपालिका बनाउन पहल गर्ने छ उनिहरुले भनेका छन । 

प्रत्येक वडामा एक वडा एक स्वास्थ्य केन्द्रको स्थापना गर्ने र गाउपालिका स्तरिय कम्तिमा १५ सैयाको बिशेषज्ञ सेवा सहितको अस्पतालको स्थापना  गरिने प्रतिबद्धतापत्रमा जनाइएको छ ।  सडकलाइ मुख्य प्राथमिक्ता दिइएको छ । साविकको बाङेसाल,हंसपुर ढुङ्गेगढिका मुख्य सडकहरुलाइ कालोपत्रे गर्ने कामको सुरुवात गर्ने, वडास्तरमा पुगेका सहायक सडकहरुलाइ स्तरउन्नति गर्ने र नया सडकको ट्रयाक खोलि सडक संजाललाइ पुर्णता दिइने छ प्रतिबद्धता पत्रमा भनिएको छ ।

 त्यस्तै एमालेले सरुमारानिमा जितेपछिका  ५ बर्षे कार्यकालमा पालिका भित्रका प्रत्येक घरधुरिलाइ पाएक पर्ने गरि स्वच्छ खानेपानीको ग्यारेण्टि गर्ने प्रतिबद्धता जनाइएको छ। सिचाइयोग्य क्षेत्रको पहिचान गरि लिफ्ट सिचाइको बिस्तार गर्ने समेत बताइएको छ।

सरुमारानी पालिकामा रहेका ऐरावती,गदि दरवार,खड्ग भगवती मन्दिर,सरुमारानी  सहितका थुप्रै पर्यटकियस्थलहरुको प्रबर्ढनका लागि विशेष कार्यक्रम ल्याइने समेत जनाइएको छ।प्रतिबद्धता पत्रमा यश गाउपालिकाभित्र शहरको रुपमा बिकास गर्न सकिने ददेरी,दर्भान,बाङ्गेसाल,बड्डडाडाँ,जस्पुर,कास्कोट जस्ता ठाउमा शहरिकरणका लागि मापडण्डका आधारमा गुरु योजना बनाइ कार्यानवयन गरिने,अधिकार सम्पन्न सुकुम्बासी समस्या सामाधान समितीको गठन गरि वास्तविक सुकुम्बासिको पहिचान गर्ने र बसोबासको ब्याबस्था मिलाइने,सामुदायिक बन समितिलाइ थप अधिकार सम्पन्न बनाउने, घाँस जडिवुटी र काठजन्य बिरुवाहरुको बिकास र संरक्षणमा जोद दिने, बन पैदावारको चोरी तस्करिलाइ नियनत्रण गर्ने, गाउपालिका स्तरिय रङ्गशालाको स्थापना गर्ने,वडा तथा टोल स्तरमा खेलकुद मैदानहरु निर्माण गर्ने लगायतका सवाललाइ प्राथमिक्ता दिइएको छ । त्यस्तै महिला, दलित, अल्पसंख्यक, आदिबासी जनजाती,अपाङ्ग,बिपन्न समुदायका लागि लक्षित कार्यक्रमहरु संचालन गरिने समेत उक्त प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै संचारको बिकासलाइ समेत एमालेले प्राथमिक्ताका साथ उठाएको छ।प्राप्त प्रतिबद्धतामा जनाइए अनुसार गाउपालिकाका सबै बस्तिहरुमा पहुच पुग्ने गरि 3G/4G नेटवर्कको बिस्तार गरिने,बडडाडा दर्भान जस्ता घनाबस्ती र बजारहरुमा ल्याण्ड लाइन टेलिफोन सेवाको बिस्तार,सरुमारानी सामुदायिक रेडियोको स्थापना,त्रैमासिक पौरखी नामक कृषि बुलेटिन र त्रैमासिक युवा स्वरोजगार बुलेटिनको प्रकाशन गरिने छ।  स्थानीय तहको चुनावका क्रममा आइतवार मनोनयनपत्र दर्तापछिको चुनाबिसभामा बोल्दै उम्मेदवार र विभिन्न तहका नेताहरुले असली जनप्रतिनिधिका रुपमा काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

एमालेका तर्फबाट सरुमारानिका अद्यक्षका उम्मेदवार झग बहादुर बिक, उपाअद्यक्ष मिना सोमै सहित  ९ वटै वडाका अध्यक्ष र सदस्यका उम्मेदवारहरुले आ–आफ्ना टोलमा मतदातासमक्ष समृद्ध सरुमारानीका लागि गुरुयोजना बनाएर काम गर्ने संकल्प गरे । उनीहरुले आफुहरुलाई जनप्रतिनिधिका रुपमा काम गर्ने अवसर मिलेमा यहा  कुनै पनि मतदाताले कहिल्यै पछुताउनु नपर्ने पनि बाचा गरेका छन् ।

‘हामीलाई मत दिनेहरुलाई कहिले पनि शिर निहुराउन दिइने छैन हामी विकास निर्माणका कामसंगै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनासहित जनतामाझ पुगेका छौं’ सरुमारानी गाउपालिकामा एमाले तर्फवाट  अद्यक्षमा उम्मेद्धवारी दिएका झग बहादुर बिकले मतदातासमक्ष प्रतिबद्धता जनाए । उनले चुनावका बेलामा चुनावमुखि नारा मात्रै आफुहरुले नलगाएको स्पष्ट पार्दै विकास निर्माणका काममा एमालेले के के ग¥यो भन्ने कुराको सबै फेहरिस्त जनतामा प्रष्टै रहेको बताए ।

एमाले जहिले जहिले सरकारमा गयो त्यो बेलामा कुनै न कुनै जनपक्षीय काम गरेकै छ भन्दै उनले आफुहरु चुनाव जित्ने हार्नेमा मात्रै नभई देश बचाउने र बनाउने अभियानमा केन्द्रित भएको दाबी गरे । उनले पालिकाका विविधता, सम्भावनाहरु र तिनको सदुपयोगका बारेमा विज्ञहरुसितको सुझावका आधारमा विस्तृत विवरण तयार पारेर काम अगाडि बढाइने बताए । सबै सरुमारानीबासीले अपनत्व महसुश गर्नेगरी आफुहरुले काम गर्ने उनको भनाइ थियो ।उम्मेद्धवारहरुले स्थानीय तहलाई समृद्ध र जनमैत्री बनाउने काममा आफुहरुले प्रतिस्पर्धी दलहरुसंग मिलेर समेत काम गर्ने बताए ।

सोही कार्यक्रममा युवा संघ नेपालका पुर्ब जिल्ला अध्यक्ष एवं पार्टिका जिल्ला सदस्य मोहम्मद हलिमले युवाहरुले अहिलेको चुनावी जीत हार भन्दा पनि युवाहरुको भोलिको भविष्य हेरेर काम गर्नुपर्ने बताए । उनले कुन दलका नीति र प्रवृत्ति कस्ता, कुन दलका नेता सरकारमा जाँदा के कस्ता काम गरेका छन र देशको स्वाभिमानका लागि को सही छ भन्ने कुराको बोध युवाहरुमा हुनुपर्ने भन्दै सोही आधारमा चुनावी अभियानमा खटिन युवाहरुलाई आग्रह गरे ।  एमालेका उम्मेदवार र नेताहरुको मात्रै होइन मुलुकको सुरक्षा कवजका रुपमा युवा संघ रहेको भन्दै उनले युवाहरुलाई दिग्भ्रमित पार्नेहरुबाट सचेत रहन पनि आग्रह गरे ।सांगाठानिक स्थिती धुल्लाम्मे अबस्थामा रहेका र जनताबाट नागिंएका केहीदलका उम्मेद्धवार पैसाले भोट किन्ने र भोजभतेर गरेर जनतालाइ आकर्षण गर्ने छिर्के दाउमा रहेको भन्दै त्यसप्रती सचेत रहन युवाहरुलाइ आव्हान गरे।

सरुमारानीको क्षेत्रफल, जमिनको प्रकार र सम्भावनाका बारेमा समेत अध्ययन गरेर सोही अनुरुपका कामहरु अगाडि बढाइने नेताहरुको प्रतिबद्धता थियो ।

कार्यक्रममा एमाले सांसद धन बहादुर रायमाझिले  पार्टिको नेतृत्वमा सम्पुर्ण पुर्बाधारको बिकास,आधुनिक र ब्यबसायिक कृषि प्रणाली लगायत सबै  क्षेत्रलाई विकास गर्ने एमालेको लक्ष्य रहेको बताए ।

गाउपालिकाका सबै बस्तीमा सडक,बिजुली,खानेपानी,गुणस्तरिय शिक्षाका साथै प्राबिधिक शिक्षा,युवाको रोजगारी र स्वरोजगारि लाई विस्तार र व्यवस्थित गरेर अरु योजनाबद्ध कामको थालनी गरिने उनको भनाइ थियो । 

प्रतिबद्धतापत्रमा गाउपालिकाभित्र रिङ्गरोडको अबधारणालाइ एमालेले प्राथमिक्ताका साथ उठाएको छ।

कार्यक्रममा बोल्ने अधिकाशंले सरुमारानिको समृद्धिका लागि आफुहरु स्थानीय प्रतिबद्धता पत्रका साथ चुनावी अभियानमा केन्द्रित रहेको बताएका थिए ।

कृषि र महिला स्वरोजगारलाई प्राथमिकता

यसैबीच एमालेका तर्फबाट सरुमारानिका उपाअद्यक्षका उम्मेदवार मिना सोमैले  सरुमारानी गाउपालिकाका महिलाहरुका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाएकि छन् । उनले सीप भएकालाई उपयुक्त कामको अवसर दिने र सीप नभएकालाई सीप सिकाएर कामको अवसर दिनेगरी योजना बनाएर काम गर्ने बताए । यस्तो कामका लागि आफु निर्वाचित भएपछि बार्षिक बजेट विनियोजन गर्ने बताउँदै उम्मेदवार सोमैले समुदायको अवस्था र आवश्यकता हेरेर योजना बनाइने जनाए ।

सरुमारानिका सबै वडाहरुका किसानसंग गाउँ सरकार कार्यक्रम चलाइने, कृषि क्षेत्रलाई प्राथमिकता दिइने, र किसानलाइ आत्मनिर्भर बनाइने,कृषिको आधुनिकिकरणका लागि चाहिने पुर्बाधारहरु कृषि सडक,सिचाइ संकलन केन्द्रको स्थापना गर्ने  प्रतिबद्धतापत्रमा उल्लेख छ।

उपअध्यक्षकी उम्मेदवार  सोमैले महिलामैत्री पालिका रुपमा सरुमारानिलाई विकास गरिने भन्दै कुनै पनि महिलाले हिंसा सहेर बस्नु नपर्ने बताइन् । उनले महिला शसक्तिकरणका लागि राजनीतिक अधिकारसंगै आर्थिक, सामाजिक, सांस्कृति अधिकारका पाटोमा पनि योजनाबद्ध काम गरिने प्रतिबद्धता गरिन् ।

उक्त कार्यक्रमको सञ्चालन वार्ड नम्बर २ का वार्ड अध्यक्षका उम्मेद्धवार समेत रहेका बसन्त जिसिले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!