नवलपरासीको बर्दघाट नगरपालिकामा ३ सय ६२ जनाको उम्मेदवारी

Posted on: 18 Jun, 2017

रवि पाण्डे | असार ४, नवलपरासी | नवलपरासीको बर्दघाट नगरपालिकामा ८२ जना निर्वाचित हुने स्थानीय जनप्रतिनिधिका लागि ३ सय ६२ जनाको उम्मेदवारी परेको छ ।

जसमा १३ जना मेयर ९ जना उपमेयर ७३ जना वडाध्यक्षको उम्मेदवारी परेको छ । ७३ जनामा १६ वटा वडाबाट १६ जना वडाध्यक्ष निर्वाचित हुनेछन् ।

त्यस्तै  अन्य वडा सदस्यमा  १३९ जना महिलामा ६७ जना दलित महिलामा ६० जना  गरी ३ सय  ६२ जना को उम्मेदवारी परेको निर्वाचन अधिकृत बलराम अर्यालले बताउनुभयो ।

त्यस्तै बर्दघाटमा १० वटा दलले  उम्मेदवारी दिएका छन् । यहां नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र , राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी ,  क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा

र राष्ट्रिय जनमोर्चा र  नेपाल लोकतान्त्रिक फोरमले मेयर उपमेयर दुबै पदमा उम्मेदवारी दिएका छन् । तर नयां शक्तिले मेयर र नेकपा माक्र्सवादीले उपमेयरमा मात्र उम्मेदवारी दिएको जनाइएको छ ।

मोहन बैद्य नेतृत्वको  क्रान्तिकारी माओवादी सम्बद्ध देजमो र नयांशक्ति र माक्र्सवादीले स्वतन्त्र समूहबाट उम्मेदवारी दिएका हुन । 

त्यस्तै स्वतन्त्रबाट लेखा पढी ब्यवसायी निलकण्ठ पौडेल ,मदनराज पौडेल गोकर्ण शर्मा र खगेश्वर रिमालको पनि उम्मेदवारी परेको बताइएकोछ ।

उम्मेदवारी परेका मध्ये कन्हैया थारुको रित नपुगेका कारण उम्मेदवारी पूरा  हुन नसकेको  जनाइएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!