प्युठानका नेता पत्रकारहरुले गरे विकास निर्माणको प्रतिवद्धता

Posted on: 17 Jun, 2017

सागर शर्मा/असार ३, प्यूठान । जिल्लामा स्थानिय तह दोस्रो चरणमा उमेद्वार बनेका अग्रज पत्रकारहरुले शुक्रबार सदरमुकाममा एक कार्यक्रम विच आफ्नो भावी योजना सुनाएका छन् । 

उनीहरुले आफुले उमेद्वार दिने गाउँपालिका तथा नगरपालीकामा जित हासील गरेमा विभिन्न विकास निर्माण गर्ने दावी गरेका हुन । जिल्लामा ३ अग्रज जना प्रमुख तथा १ जना अग्रज उपप्रमुख पदको लागि उमेदवारी दिदै छन् ।

विगत २५ बर्ष देखि पत्रकारिता गर्दै आउनु भएका इमानसिंह भारती नेकपा एमाले बाट मल्लरानी गाउपालिकाको अध्यक्ष पदमा उमेद्वारी दिदै हुनुहुन्छ । उहाँले आफ्नो गाऊ विकासको लागि पत्रकारीता सँगै राजनिती समेत गर्नु परेको बताउनु भएको छ । उहाँले आफु विजयी बनेमा मल्लरानीमा भ्यू टावर निमार्ण गर्ने बताउनु भयो । 

उहाँले भन्नु भयो ‘मल्लरानी डाडामा भ्यू टावर निमार्ण गरि झिमरुक फाटको सोन्र्दयता तथा प्यूुठानको सुन्दर र रमणिय बस्ति को अवलोकन गराई गाउपालिकालाई आर्थिक विकासमा समृद्ध गराउनेछु ।’ उहाँ नेपाल पत्रकार महासँघ प्यूठानको पुर्वअध्यक्ष समेत हुनुहुन्छ । 

त्यस्तै प्यूठान नगरपालिकामा नेपाली कागे्रसका तर्फबाट उमेद्वारी दिन लाग्नु भएका देवेन्द्र बर्मा बिगत १८ बर्ष देखि पत्रकारीता क्षेत्रमा हुनुहुन्थ्योे । उहाँले आफु विजयी भएमा नगरपालीकामा सुचनाको हकको कार्यान्वयन गर्ने बताउनु भएको छ । उहाँले स्थानिय तहको सुचना प्रसारण प्रकाशन गर्ने व्यवस्था मिलाउने समेत बताउनु भएको छ । उहाँ हिमालय टाइम्स, अन्नपुर्ण राष्ट्रिय दैनिक  माण्डवी साप्ताहिक, सामुदायिक रेडियो माण्डवी लगायतमा काम गर्नु भएको थियो ।

त्यस्तै झिमरुक गाउपालिकामा नेपाली कागे्रस का तर्फ बाट उमेद्वारी दिन लाग्नु भएका पत्रकार प्रमोद पोखे्रल झिमरुक गाउपालिकाको अध्यक्ष बन्ने योजनामा हुनुहुन्छ । उहाँको विकास निर्मार्णको फरक योजना रहेका छन् । उहाँले अध्यक्ष पद जितेमा आफुले ५ बर्ष सम्म पाउने तलव आफुले नलिने घोषणा गर्नु भएको छ उहाँको अनुसार ‘अध्यक्ष पदको तलव गरिव तथा दलित समुदायको लागि खर्च गरिने र उनिहरुको उत्थान सँगै समुदायको बिकास निर्माणमा लाग्ने बताउनु भयो । 

उहाँ २०५८ साल देखि पत्रकारीता क्षेत्रमा प्रबेश गर्नु भएको थियो । उहाँले सगरमाथा टेलिभिजन,नेपाल टेलिभिजन लगायत आफ्नै प्रकाशन सम्पादनमा स्वर्गद्धारी साप्ताहिक समेत प्रकाशन गर्नु भएको थियो । पछिल्लो समय पत्रकारिता सँगै पुस्तक तथा छापाखाना व्यावसाय समेत गर्दै आउनु भएका पोखे्रल पत्रकार महाँसंघ प्यूठानको पुर्व उपाध्यक्ष समेत हुनुभुन्थ्यो । 

हाल पत्रकार महासँघ प्यूठानका उपाध्यक्ष तथा सामुदायिक रेडियो महिला आवाज प्यूठानको स्टेशनम्यानेजर बसन्ता भट्टले मल्लरानी गाउपालिकामा नेपाली कागे्रसको तर्फ बाट उपाध्यक्ष  पदमा उमेद्वारी दिदै हुनुहुन्छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!