मधेश बन्दको आज दोस्रो दिन पनि कपिलवस्तु ठप्प

Posted on: 14 Jun, 2017


मो इमरान खान/जेठ ३१, कपिलवास्तु ।  राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु जिल्ला पुर्ण रुपले बन्द गरेका छन । 

मुख्य व्यापारिक नाका तौलिहवा को जिल्ला प्रसासन अगाडी तथा बिधुत प्राधिकरण अगाडि बिहानैदेखि मुख्य सडकको चौक चौकमा त्यसैगरी बाइपास सडक खण्डको ठाउँ ठाउँमा टायर बाली प्रदर्शन जारी रहेको छ । 

प्रदर्शनकै क्रममा २ वटा मोटरसाईकल मा तोडफोड तथा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले संघिय समाजवादी फोरम नेपाल को महाराजगंज पार्टि कार्यलयमा गई संघिय समाजवादी फोरम नेपालको झण्डामा आगाजनि गरेका छन । 

आज पनि दोस्रो दिन कपिलवास्तुको बजार, शैक्षिक संस्था, सवारीसाधन, प्रतिस्ठान, कलकारखाना ठप्प रहेको राजपा नेपाल कपिलवास्तुका ६ दलीय अध्यक्ष कालिपद शर्मा उर्फ जनसन तथा राजपा नेपाल कपिलवास्तुका संयोजक कैलाश अग्राहारी, जनाएका छन । 


आन्दोलन परिचालन समितिका नेता बासुदेव कासौधन, मो सलिम , बिष्णु बारी, मकसुदन चौधारी आदि कार्यकर्ताहरु एवं पार्टीका स्थानीय नेता कार्यकर्ताहरु आन्दोलनलाई ससक्त बनाउन बिहानै देखि सडकमा उत्रेका छन । 

ओलि चोर देश छोड, एमाले पार्टि मुर्दाबाद, काग्रेस पार्टि मुर्दाबाद, माओबादी पार्टि मुर्दाबाद, पुलिस÷प्रसासन मुर्दाबाद नारा लगाउदै आज दोस्रो दिन पनि कपिलवास्तु पुर्ण रुपले बन्द गरेका छन ।  घोषित स्थानीय तहको निर्वाचन मधेश विरोधी भएकोले राजपाद्वारा घोषित चार दिनको बन्दको आज दोस्रो दिन पनि कपिलवास्तु जिल्ला पूर्ण रुपले प्रभावित भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!