राजपाको मधेश बन्दको पहिलो दिन कपिलवस्तु ठप्प

Posted on: 13 Jun, 2017


मो इमरान खान/जेठ ३०, कपिलवास्तु । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु जिल्ला पुर्ण रुपले बन्द गरेका छन । 

मुख्य व्यापारिक नाका तौलिहवा को जिल्ला प्रसासन अगाडी तथा बिधुत प्राधिकरण अगाडि बिहानैदेखि मुख्य सडकको चौक चौकमा त्यसैगरी बाइपास सडक खण्डको ठाउँ ठाउँमा प्रदर्शन जारी रहेको छ । 


प्रदर्शनकै क्रममा चार वटा मोटरसाईकल मा तोडफोड गरेका छन । जस माध्य एउटा निर्वाचनमा खाटिएका कर्मचारी लु ३३ प ८११५ को पलसर मोटरसाईकल मा  तोडफोड गरेका छन ।  कपिलवास्तुको बजार, शैक्षिक संस्था, सवारीसाधन, प्रतिस्ठान, कलकारखाना ठप्प रहेको राजपा नेपाल कपिलवास्तुका ६ दलीय अध्यक्ष कालिपद शर्मा उर्फ जनसन तथा राजपा नेपाल कपिलवास्तुका संयोजक कैलाश अग्राहारी ले जनाएका छन । 


आन्दोलन परिचालन समितिका नेता कार्यकर्ताहरु एवं पार्टीका स्थानीय नेता कार्यकर्ताहरु आन्दोलनलाई ससक्त बनाउन बिहानै देखि सडकमा उत्रेका छन । घोषित स्थानीय तहको निर्वाचन मधेश विरोधी भएकोले राजपाद्वारा घोषित चार दिनको बन्दको पहिलो दिन कपिलवास्तु जिल्ला पूर्ण रुपले प्रभावित भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!