प्युठानमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on: 12 Jun, 2017


सागर शर्मा/जेठ २९, प्युठान । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । 

राष्ट्रिय मानव अधिकार आयोग को आयोजना, शान्तिका लागि साझा अभियानको सहकार्य तथा सामुदायिक रेडियो कृपालु ९९ मेगहार्ज र ईन्सेक प्युठानको संयोजनमा कार्यक्रम भएको हो । 

अन्र्तक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले हुन लागिरहेको स्थानिय तहको दोस्रो चरणको  निर्वाचन असार १४ मै गर्नको लागि आग्रह गरेका छन । 

निर्वाचन पटक पटक सारिनुले जन्तामा असर परेको कुरा वताउदै निर्वाचन समयमै  भएरहित वातावरणमा सम्पन्न गर्न भनेका हुन । भोट हाल्नको लागि समय मिलाएर जिल्ला तथा देश वाहिर रहेका मतादाताहरु  गाउँगाउँमा आए पनि चुनाव सरिरहदा फर्केर जानु पर्ने अवस्था सिर्जना भएकोले चुनाव समयमै हुनुपर्नेमा वक्ताहरुको जोड रहेको छ । 

कार्यक्रममा मानव अधिकार आयोगका पूर्व आयुक्त शुशिल प्याकुरेलले निर्वाचनको हुनको लागि प्राविधिक र आर्थिक कुराको आवश्यकता पर्ने वताएका छन । निर्वाचन जुनसुकै प्रक्रियावाट समेत गर्न सकिने उनको भनाई छ । 

अन्र्तक्रिया कार्यक्रममा मानव अधिकार आयोगका पूर्व आयुक्त शुशिल प्याकुरेल, डा. गौरी संकरलाल दास,  शान्तिका लागि साझा अभियानका अभिलेख कर्ण , प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला न्यायधीस बासुदेव न्यौपाने, स्थानीय विकास अधिकारी ईन्द्र वस्याल, मानवअधिकार कर्मि, बालअधिकार कर्मि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!