नयाँशक्ति पार्टी नेपाल प्यूठानद्धारा उम्मेदवार घोषणा

Posted on: 11 Jun, 2017

सागर शर्मा | जेठ २८, प्युठान | नया शक्ति पार्टी नेपालले स्थानिय तह निर्वाचनको लागि प्रस्तावित उम्मेद्धारहरुको नाम तुंगाएको छ । पार्टीले आज पत्रकार सम्मेलन गरेर उम्मेद्धारहरुको बारेमा जानकारी दिएको हो । 

पार्टीका अनुसार प्यूठान नगरपालिका प्रमुखमा भगवति सुवेदी, उपप्रमुखमा शिद्धिमान केसि रहनु भएको छ । भने वडां नं. ३ मा पवन न्यौपाने, वडानं. ४मा श्यामलाल गहतराज वडा नं. ८ मा दामोदर गिरी, वडा नं. ९ मा सारदा विक वडा नं. १० मा हरि बहादुर जिसी । सरुमारानी गाउपालिकामा अध्यक्ष गमानसिह गुरुंग, वडा नम्वर १ मा विजय विक, वडा नम्वर २ मा शिव बहादुर पुन अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

एैरावती गाउँपालिका अध्यक्षमा नारायण बहादुर गुरुंगा, ३ वडामा हिमलाल गुरुंग, ५ मा सविता थापा क्षेत्री उम्मेदवार बन्नुभएको छ । भिमरुक गाउँपालिका अध्यक्षमा दान बहादुर बस्नेत, वडा नम्वर ६ मा भिम बहादुर कुवर, माण्डावी गाउँपालिका अध्यषमा गिरिराज अधिकारी, नोबहिनी गाउँपालिकामा शेखर केसी उम्मेदवार बन्नुभएको छ ।

स्वर्गद्धारी र मल्लरानीमा टुंगो लाग्न बाँकी रहेको जिल्ला संयोजक हिम बहादुर केसीले जानकारी दिनुभयो । पार्टीले प्यूठान नगरपालिकामा महिला प्रमुख र ९ नम्वर वडामा सवै उम्मेदवार महिला भएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा केन्द्रिय सचिवालय सदस्य नवराज सुवेदीले नयाँ शक्ति पार्टी नेपालले नयाँ निति सहित वैज्ञानिक रुममा अगाडी बढेको बतानुभयो । उहाँले जनताले नयाँ विकल्प खोजेकोले नयाँ राजनीतिक पार्टीहरु मुलुकमा आएको उहाँले बताउनुभयो । नयाँ विकल्पका रुपमा आएका पार्टीवीच सहमति हुनुपर्ने उहाँको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!