राजपा कार्यकर्ताद्धारा प्रहरी कार्यलय घेराउ

Posted on: 08 Jun, 2017

जेठ २५, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनता पाटी नेपालका कार्यकर्ताहरुद्धारा आज वडा प्रहरी कार्यलय घेराउ गरेका छन ।

चन्द्रौटामा राजपा नेपालको पुर्व निधारित कार्यक्रम अन्तरगत कार्यकर्ताहरु चक्का जाम गर्नक्रमा प्रहरी र राजपा कार्यकर्तासग विवाद भएको थियो । विवाद पश्चात राजपा नेता तथा कार्यकर्ताहरुले वडा प्रहरी कार्यलय चन्द्रौटाकै गई नारा जुलुस गरेका थिए । प्रहरी शान्ति पुर्ण अन्दोलनलाई दमन गर्न खोजेकोले वडामै विरोध गरेको राजपा युवा नेता मेनाज खा पप्पुले जानकारी दिनु भयो । मधेशीको अधिकारका लागि  राजपाको पुर्व निधारित कार्यक्रम अन्तरगत जेठ २५ गते दिउसो १ बजे देखी ३ बजे सम्म सडक जाम कार्यक्रम तय गरीएको राजपा नेता रविदत्त मिश्राले जानकारी दिनुभयो । सो विरोध कार्यक्रममा नेता तथा पुर्व मन्त्री इश्वर  दयाल मिश्रा, फरहन अक्बाल खाँ, मोहम्मद मुस्ताफ खाँ, लगायतका नेताहरुले वडामै विरोध जनाएका थिए । 

यता वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भटराईले राजमार्गको अवरोध हटाउन माथिको निर्देशन अनुसार कार्यक्रम गर्न नदिएको बताउनु भयो । करिब दुई घण्टा वडा कार्यलयमा विरोध जनाएका राजपाका सयौ कार्यकर्ताहरुले चन्द्रौटा चोकमा पुन केही बेर विरोध प्रर्दशन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!