काँग्रेसले छान्यो कपिलवस्तुका ४ नगरपालिकामा उम्मेद्वार, को-को परे ?

Posted on: 02 Jun, 2017

मो इमरान खान/जेठ १९, कपिलवस्तु । नेपाली काँगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनको लागी ४ नगरपालिकामा मेयरको टुङ्गो लगाएको छ । 

जिल्लाका नेताहरुको बैठकले उक्त ४ नगरपालिकामा मेयरको लागि उमेदवारी छनौट गरेका हुन । जस अनुरुप जिल्लाको महाराजगञ्ज नगरपालिकामा पार्टीका कार्यवाहक सभापति रहेका अब्दुल कलाम खाँ लाई मेयरको टिकट दिने निर्णय गरिएको छ । 

त्यस्तै, पार्टी सचिव रहेका प्रेमबहादुर रायमाझीलाई शिवराज नगरपालिकाको मेयरमा छनौट गरेको  छ । उता कृष्णनगर नगरपालिकामा महासमिति सदस्य ब्रह्मानन्द उपाध्यायलाई मेयरको उम्मेदवार बनाइएको छ । त्यस्तैगरी वाणगंगा नगरपालिकामा नगर सभापति मंगल प्रसाद थारुलाई मेयरको उम्मेदवारमा छनौट गरिएको छ । 

त्यस्तै, उपममेयरमा वाणगंगा नगरपालिकामा विमला गैरे, महाराजगंज नगरपालिकामा शोभावती कुर्मी र कृष्णनगर नगरपालिकामा आरतीदेवी चौधरीलाई उम्मेदवार बनाइएको छ । अन्य २ नगरपालिका र ४ गाउँपालिकामा भने अझै उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । 

पार्टी सभापति सुरेन्द्रराज आर्चायले ४ नगरपालिकाको मेयरको टुङ्गो लगाएको अन्य ६ वटा स्थानीय तहको समेत उम्मेदवारको टुङ्गो लगाउन गृहकार्य भइरहेको जानकारी दिए । सिंचाइ राज्यमन्त्री समेत रहेका सभापति आर्चायले भने नयाँ प्रधानमन्त्री छनौटको प्रकृया चलेकोले आज काठमाण्डौ तिर जाँदैछु । 

१, २ दिनमा फर्केपछि सबै उम्मेदवारको टुङ्गो लाग्छ । निर्वाचमा जित्न सक्ने र लोकप्रियता र समावेशी हिसावले टिकट वितरण प्रकृया थालिएको समेत आर्चायले बताए । कपिलवस्तु नगरपालिका, बुद्धभुमि नगरपालिका, विजयनगर गाउँपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिका उम्मेदवारका आकाँक्षी धेरै भएकोले छलफल जारी भएको र केही दिनमा निर्णय हुने निर्वाचन प्रचार समिति संयोजक प्रकाश घिमिरेले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!