शिवगढि ई-रिक्सा संघमा नया नेतृत्व

Posted on: 01 Jun, 2017


माधव बेल्वासे/जेठ १८, कपिलवस्तु । वढदो बेरोजगार का कारण युवाहरु वैदेशिक रोजगारमा पलाएन भईरहेको अवस्थामा ई रिक्साले स्वदेशमा युवाहरुलाई रोजगार तथा आत्मनिर्भर वनाउदै आएको छ । 

ई रिक्सालाई व्यावस्थित वनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।कपिलवस्तुको चन्द्रौटामा आयोजित शिवगढि ई रिक्सा यातायात व्यावसाय संघको प्रथम साधाराण सभा तथा अधिवेशन लाई सम्वोधन गर्दै अव ई रिक्सा व्यावसाय एक वद्धता भई व्यावस्थित हुनुपर्ने वताए ।

प्रथम अधिवेशनले हर्ष विश्वकर्माको  नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राम मिलन यादव,सचिवमा जिवन खनाल,सह सचिवमा अनिल चौधरि,कोषाध्यक्षमा सालिकराम अधिकारि सहित ९ सदस्य समिति गठन गरेको हो ।

कार्यक्रममा जिल्ला ट्रफिक  कार्यलय कपिलवस्तुका निरिक्षक अमर वहादुर कार्किले यातायात व्यावसायि र ट्राफिक प्रहरिको सवन्ध नङ र मासुको जस्तो हुनुपर्ने वताए ।यातायात साधनका कागजपत्र पुर्ण रुपमा हुनुपर्ने र व्यावसायको सुरक्षाको लागि विमा हुनुपर्ने वताए । 

 कार्यक्रंममा यातायात मजदुर व्यावासायि संघका तर्फ वाट वोल्दै कृष्ण कडेलले ई रिक्सा संचालकहरुले प्रहरि प्रशासन वाट सुरक्षाको अनुभुति नगरेको ई रिक्सा चालकहरु सभ्या भाषामा प्रस्तुत हुन नसकेको र नगरका मात्र नभई आन्तरिक तथा वाह्या पर्यटकहरुलाई पनि गन्तव्य सम्म पु¥याउने हुदा ठाउको चिनारि गराउने जिम्मेवारि इ रिक्सा चालकको काधमा रहेको वताए ।

कार्यक्रममा नेकपा एमालेका मेयर पदका उम्मेदवार नेत्रराज अधिकारी, राप्रपाका उम्मेदवार अजय थापा , संघिय समाजवादी फोरमका उम्मेदवार कृष्ण कुमार चौधरी लगायतले कार्यक्रमको सफलताकोे शुभकानमना व्यक्त गरे ।

कार्यक्रममा संघका अध्यक्ष राम ब रेश्मिले प्रस्तुत प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा आ व ०७३ ७४को ११ लाख ८० हजार ६ सय ५ वरावरको आय व्याय उल्लेख गरिएको छ ।

संघका अध्यक्ष राम व रेश्मिको अध्यक्षता, जिल्ला ट्राफिक  कार्यलय कपिलवस्तुका निरिक्षक अमर वहादुर कार्किको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संघका सचिव कमल अधिकारिको संचालनमा सम्पन्न भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!