प्युठानमा निर्वाचन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on: 31 May, 2017


सागर शर्मा/जेठ १७, प्युठान । आसन्न दोस्रो चरणको स्थानिय तहको निर्वाचनको विषयमा सरोकारवाला विच अन्र्तक्रिया कार्यक्रम आज खंलगामा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय प्युठानको आयोजनामा उक्त कार्यक्रम भएको हो । 

अन्र्तक्रिया कार्यक्रममा हुन गईरहेको स्थानिय तहको निर्वाचनमा सबैले आ आफनो भुमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति प्युठानका स्थानिय विकास अधिकारी ईन्द वस्यालले वताए । साथै  आस्थाको खोजी र जिवन निर्वाहको लागि खेतिगर्ने समयमा निर्वाचनको दिन जुटेकोले निर्वाचनको लागि मतदान स्थल छनोट गर्दा धेरै पक्षलाई ध्यान दिन आग्रह गरे । चुनाव वर्षातको समयमा हुन लागेकोले यातायातको असुविधा पर्ने हुदा यातायात नियमित गराउन ध्यान दिन सम्वन्धित निकायलाई आग्रह गरे । 

मनोनयन दर्ता गर्ने प्रक्रियाको बारेमा जानकारी गराउदै जिल्ला न्यायधिस बासुदेव न्यौपानेले स्वतन्त्र, निष्पक्ष, धादलीरहित निर्वाचन गराउन सवै पक्षको सहकार्य र एकता अपरिहार्य भएको वताए ।  मुख्य निर्वाचन अधिकृत समेत रहेका उनले निर्वाचनमा खटिएर जाने कर्मचारीहरुलाई सहयोग गर्न स्थानिय राजनीतिक दल, संघसंस्था, नागरिक समाज, संञ्चारकर्मिलाई अनुरोध समेत गरे । 

निर्वाचन सुरक्षा र आचारसंहिताको विषयमा जानकारी गराउदै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले तीन वटै सुरक्षा निकायहरुका प्रमुखहरुको वैठक बसी निर्वाचन सुरक्षासर्तकता अपनाईएको उनले वताए । 

जिल्ला निर्वाचन अधिकारी कृष्ण बहादुर कवरले जिल्लामा रहेका मतदान केन्द्र, मतदान स्थल, मतदाता संख्या लगाएतका विषयमा जानकारी गराएका थिए । 

अन्र्तक्रिया कार्यक्रममा उपस्थित सबैले नमुना मतदान समेत गरेका थिए । 

जिल्ला न्यायधिस बासुदेव न्यौपानेको अध्यक्षताका भएको अन्र्तक्रिया कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, गैसस महासंघ, विषयगत कार्यालय, पत्रकार र दोस्रो चरणको लागि जिल्लामा खटिनुभएका निर्वाचन अधिकृतहरुको उपस्थिती रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!