प्यूठानमा एमाले र जनमोर्चाको चुनावि तालमेल भांडियो

Posted on: 29 May, 2017

जेठ १५, प्युठान । प्युठानमा आशन्न स्थानिय तहको निर्वाचनका लागि भन्दै घोषणा  गरिएको  चुनाबी कार्यगत एकता हप्ता दिन नबित्दै तुहिएको छ। सांगठानिक हिसाबले जिल्लामा शसक्त मानिएका  नेकपा एमाले र राष्ट्रीय जनमोर्चा बिच भएको चुनाबी तालमेल अन्तत:तुहिएको हो ।

एमाले जिल्ला नेतृत्वले आफ्ना कार्यकर्तालाइ संझाउन नसकेपछी 

राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने समझदारी भङ्ग भएको घोषणा गरेको हो । जनमोर्चाका जिल्ला अध्यक्ष कृष्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षबीच भएको सहमति इमान्दारितापूर्वक कार्यान्वयन गर्न बारम्बार आग्रह गर्यौं । तर, एमाले नेतृत्व त्यसमा गम्भीर भएन ।’ एमालेकै कारण संयुक्त रुपमा चुनावमा जाने वातावरण बिग्रिएको भन्दै राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । 

एमाले र राष्ट्रिय जनमोर्चाबीच जेठ ८ गते आसन्न दोस्रो चरणको चुनावका क्रममा प्यूठानमा तालमेल गर्ने सहमति भएको थियो । तर, त्यसको एमालेबाटै विरोध भयो । दुई दलबीच भएको सहमति लागू गर्न र पार्टीमा देखिएको असन्तुष्टि समाधान गर्न एमालेले १० र ११ गतेको समय मागेको थियो ।

तर, एमाले नेतृत्वबाटै सहमति विपरितका नयाँ सर्तहरु राख्ने काम भएको राष्ट्रिय जनमोर्चाले बताएको छ । दुई दलबिच चुनावी तालमेल गर्ने सहमति भएपछि नेकपा एमाले समर्थक नेता तथा कार्यकर्ताहरुवाट स्थानीय स्तरबाट व्यापक विरोध आएपछि सहमति भाडिएको हो । 

तालमेलको खबर पाए पछि जिल्ला सदरमुकाम खलङ्गा पुगेका एमाले कार्यकर्ताले एमाले जिल्ला नेतृत्व बिरुद्ध नाराबाजी गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!