बागचौर नगरपालीकाको मेयरमा बुढाथोकी र उपमेयरमा पुन

Posted on: 17 May, 2017


खकेन्द्र केसी, जेठ ३ सल्यान 

सल्यानको बागचौर नगरपालीकामा नेकपा माओवादीका लोकमान बुढाथाकीले ५१२० मत ल्याएर मेयर पदमा विजय भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लोक बहादुर डाँगीलाई १४४१ मतले हराउदै बुढाथोकी विजय बनेका हुन । 

 त्यस्तै उप मेयरमा पनि  माओवादीकै कल्पना पुन ५२१५ मत ल्याएर विजय भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ओकादेवी खत्री लाई १६२५ मतले हराउदै पुन विजय बनेकी हुन । 

आज सबै वडाको मत गनणा सकिएपछि विजयको टुङगो लागेको हो । बागचौर नगरपालीकामा अहिले १२ ओटा वडा रहेका छन् । १२ ओटा ओडा मध्यबाट ८ ओटा माओवादीले, २ओटा काँग्रेसले ले र २ ओटा वडा एमाले ले जितेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!