नवलपरासीको बुलिङटारमा काँग्रेस विजयी (कसको कति मत?)

Posted on: 17 May, 2017

जेठ ३, नवलपरासी | नवलपरासीको बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई काँग्रेसका शशीकरण बस्ताकोटी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विद्रोही गरीले दुई हजार ५५० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका मैना विक चार हजार ६५३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पार्वती थापाले दुई हजार ६१३ मत प्राप्त गर्नुभयो । 

यसअघि जिल्लाको हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेस विजयी भइससेको छ । एउटा गाउँपालिकाको उपाध्यक्षमा एमाले र तीनवटा गाउँपालिकाको उपाध्यक्ष पदमा काँग्रेस विजयी भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!