जुम्ला पातारासि गाँउपालिकामा १ सय २७ जनाको मनोनयन दर्ता

Posted on: 03 May, 2017

 नन्दराम जैशी/बैशाख २०, जुम्ला । जुम्ला पातारासि गाँउपालिकामा अध्यक्ष र उपाअध्यक्ष सहित १ सय २७ जनाले मनोनयन दर्ता गराएका छन् । 

जसमा अध्यक्षको लागि ४ र उपाअध्यक्षको लागि ५ जना सहित १ सय २७ जनाले मनोनयन दर्ता गराएका हुन् । पातारासि गाँउपालिकाको अध्यक्ष, उपाअध्यक्ष, सबै वडा अध्यक्ष र अन्य सदस्यका लागि जम्मा ८० जना पुरुष, ३८ जना महिला, ७ जना दलित महिला र २ जना जनजातिले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत जगत बहादुर बस्नेतले बताउनुभयो ।            

 गाँउपालिकाका ७ वटा वडा अध्यक्षमा एक जना महिला सहित २७ जनाको मनोनयन दर्ता भएको छ, भने वडा नं ७ बाट खड्का एैडिले स्वतन्त्र सदस्यमा मनोनयन दर्ता गर्नुभएको छ । जसमध्य नेपालि कांग्रेसबाट प्रमुखमा लक्ष्मण बाहोरा, उपप्रमुखमा पुन्नकलि महतारा, नेकपा एमालेबाट प्रमुखमा हंश बोहोरा, उपप्रमुखमा रम्बा भण्डारी, नेकपा माओबादि केन्द्रबाट प्रमुखमा गौरी बुढा, उपप्रमुखमा जनमाया रोकाया, नेमकिपाबाट प्रमुखमा सिंह बहादुर बिष्ट, उपप्रमुखमा दिपकलि बुढा र राप्रपाबाट उपप्रमुखमा बिजु बुढाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत जगत बहादुर बस्नेतले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!