प्युठानमा स्थानिय तहको निर्वाचनमा जनतालाई सुरक्षा प्रदान गर्न जिल्ला न्यायधिसको आग्रह

Posted on: 18 Apr, 2017

सागर शर्मा | बैशाख ५, प्युठान | आसन्न निर्वाचनमा ढुक्कका साथ भोट हाल्नको लागि सुरक्षा प्रदान गर्न जिल्ला न्यायधिस वाशुदेव न्यौपानेले प्रहरी जवानलाई आग्रह गरेका छन् ।   उनले ‘शिष्ट र मर्यादित व्यवहारका साथ जनतालाई सेवा प्रदान गर्नु हाम्रो कर्तव्य हो ।’ स्थानिय निकायको चुनाव पछि देशको राजनीति स्थिर हुने आशा रहेको समेत वताए । 

स्थानिय निकायको चुनावमा जानु भन्दा अगाडि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान द्धारा जिल्ला प्रहरी कार्यालय प्युठानमा कार्यरत प्रहरीको लागि तालिमको आयोजना गरिएको छ ।  तालिमको प्रमुख अतिथि जिल्ला न्यायाधिस वाशुदेव  न्यौपाने रहनु भएको थियो । भने विशेष अतिथी स्थानिय विकास अधिकारी इन्द्र बस्याल रहनु भएको थियो । 

कार्यक्रममा स्थानिय विकास अधिकारी ईन्द्र बस्यालले  स्थानिय तहको निर्वाचनमा  जन्तालाई सुरक्षा प्रदान गर्न आग्रह गरे । 

जिल्ला प्रहरी कार्यालय प्युठानमा कार्यरत  ६७ जना प्रहरी हवल्दार तथा जवानलाई निर्वाचनको लागि समुदायमा जानु भन्दा अगाडि तालिम प्रदान गर्न लागिएको हो । तालिम ४ दिन सम्म चल्ने वताईएको छ ।  तालिम पछि प्रहरी जवान लाई समुदायमा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!