तिलाहारमा माओवादी केन्द्रको निर्वाचन परिचालन समिति

Posted on: 14 Apr, 2017

बैशाख १, पर्वत । नेकपा ९माओवादी केन्द्र० ले मोदी गाउँपालिकाको वडा नं। ६, तिलाहारमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । 

बिहीबार दिउँसो तिलाहारमा सम्पन्न भेलाले चित्रबहादुर बस्नेतको संयोजकत्वमा २२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाले निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ ।

परिचालन समितिको सचिवालयमा बलराम नेपाली, दीपेन्द्र नेपाली, नम्रता परियार, किशोर शर्मा, प्रताप पौडेल, चन्द्रबहादुर बि।क।, रामबहादुर बि।क।, कटकप्रसाद शर्मा, प्रेम नेपाली, कृष्ण लामिछाने, रामबहादुर लामिछाने, तेजबहादुर लामिछाने, अमिन खाँ, प्रेम खड्का, राजेन्द्र लामिछाने लगायत रहेका छन् । 

भेलामा बोल्दै माओवादी केन्द्रका मोदी गाउँपालिका कमिटीका अध्यक्ष मनबहादुर पौडेलले उज्यालो नेपालको नेतृत्व गरेको माओवादीले जितेर मात्रै देशको प्रगति सम्भव हुने बताए । त्यसै गरी अर्का वक्ता गंगा तिमिल्सिनाले स्थानीय तहको निर्वाचन भएका कारण जनताले पार्टीभन्दा सक्षम उम्मेदवार रोज्ने दावी गर्दै विकासको प्रष्ट दृष्टिकोण भएको नेतालाई अघि सार्नुपर्ने बताइन् । कार्यक्रममा माओवादी नेताहरु तुलसी गिरी, जयबहादुर अखेली लगायतका वक्ताहरुले माओवादीले अघि सारेको संघीयताकै कारण गाउँ गाउँमा सिंहदरबार स्थापित भएको भन्दै अब जनताले सास्ती खेप्नुपर्ने दिनको अन्त्य भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!