अफवाह फैलाउने प्रति अखण्ड नेपालको आपत्ति

Posted on: 25 Mar, 2017

पर्वत । नेकपा एमालेले अखण्ड नेपाल पार्टि आफ्नो पार्टीमा विलय भएको भनेर गलत प्रचार गरेको भन्दै अखण्ड नेपाल पार्टिले आपत्ती जनाएको छ । आफ्नो पार्टिका केहि कार्यकर्ता एमालेमा प्रवेश गरेको तर सिँगो पार्टि एमालेमा विलय भएको भनेर हल्ला पिटिएको भन्दै आपत्ती जनाइएको हो । 

प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउँदै जिल्ला अध्यक्ष यूवनाथ गौँेडेल रेग्मीले पार्टिवाट कारवाहीमा परेका केहि र केन्द्रिय सदस्य रहेका नरवहादुर कार्कि एमालेमा प्रवेश भएको जानकारी गराउनुभएको छ । तर एमालेले भने सिँगो पार्टि एमालेमा विलय भनेर कपोलकल्पित भ्रम फैलाएको गौँडेलले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

Image may contain: text

 अखण्ड नेपाल पर्वतको जिल्ला कार्यसमितिका अध्यक्ष नरवहादुर कार्कि भनेर केहि सञ्चारमाध्यममा समाचार प्रसारण गराइएको प्रति पनि ध्यानाकर्षण गराइएको छ ।

 पार्टिले यहि २०७३ माघ २६ गते केन्द्रिय कार्यसमितिले यूवनाथ गौँडेल रेग्मीलाई अध्यक्षमा मनोनयन गरिसकेको पनि विज्ञप्तीमा उल्लेख छ । पार्टि अध्यक्षले नै विज्ञप्ती निकालेर पार्टि एकढिक्का रहेको दावी गरेपछि अखण्ड नेपाल पार्टि एमालेमा विलय भएको भनेर गलत प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना खेप्नुपरेको छ । यता आर्थर डाँडाखर्कका काँग्रेस कार्यकर्ता भनिएका धनवहादुर क्षेत्री पनि काँग्रेस कार्यकर्ता नभएको पुष्टि भएको छ ।

 नेपाली काँग्रेस आर्थरका सभापति रुद्रवहादुर रिमालले धनवहादुर क्षेत्रीले काँग्रेसको साधारण सदस्य पनि नलिएको र पार्टिमा समेत उनको कुनै भुमिका नरहेको जानकारी दिनुभयो । एमाले पार्टिले प्रवेश नै नगरेका व्याक्तिको समेत नाम उच्चारण गरेर प्रवेश गराइएको प्रचार गरेको भन्दै जनस्तरवाटै आलोचनाका स्वर सुनिन थालेका छन् ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!